Section 22
विवरण उपलब्ध गराउन सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदाता नामावलीको प्रयोजनको लागि सङ्कलन गरेको मतदाताको नाम, थर, ठेगाना र फोटो नेपाल सरकारबाट प्रयोजन खुलाई माग भई आएमा त्यस्तो विवरण आयोगले नेपाल सरकारलाई उपलब्ध गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले जुन प्रयोजनको लागि विवरण प्राप्त गरेको हो त्यस बाहेक अन्य प्रयोजनको लागि त्यस्तो विवरण प्रयोग गर्ने छैन ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले जुन प्रयोजनको लागि विवरण प्राप्त गरेको हो त्यस बाहेक अन्य प्रयोजनको लागि त्यस्तो विवरण प्रयोग गर्ने छैन ।